• कोशी अस्पतालको शौचालयमा एक पुरुष मृतावस्थामा फेला

    विराटनगर । कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उपचारका लागि सुनसरीको इनरुवाबाट कोसी अस्पताल आएका पुरुष मृत भेटिएका हुन् । ओपीडी भवनको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएका पुरुषको हातमा जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा भेटिएको छ । ओपीडी पूर्जामा लेखिएअनुसार मृतक पुरुष सुनसरीको इनरुवा...

  • कैलालीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४० वर्षीय मानसिंह गुरधामीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुका अनुसार पूर्व...

  • झलनाथ खनालद्वारा एमाले परित्याग

    काठमाडौं । वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले परित्याग गर्नुभएको छ । नेता खनालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा(एकीकृत समाजवादी) पार्टीलाई समर्थन गर्दै एमाले परित्याग गर्नुभएको छ । हाल नयाँ दिल्लीमा उपचार गराइरहेको खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समावादीमा रहेको सनाखत वारेसनामा पठाउने भएका ...

  • अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्‍चितकालका लागि स्थगित

    काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीचको तीन एकदिवसीय शृंखला अनिश्चितकालका लागि स्थगित भएको छ । दुई बोर्डका पदाधिकारीहरूबीच अफगानिस्तानको अस्थिर अवस्था र श्रीलंका जानका लागि हुने सहजताका विषयमा छलफल भएको थियो । अफगानिस्तानको अहिलेको अवस्थाका कारण खेलाडीहरूको मानसिक अवस्था राम्रो नरहेकाले शृंखलालाई सार्न दुबै बोर्डमा पदा...

  • गुर्जामा बाँझो पाखोमा जडीबुटीको खेती

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–१,गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारी अन्तर्गत रहेको कृषक समूहले सामुहिक रुपमा जडीबुटीको खेती सुरु गरेका हुन् । गत बर्षदेखि जडीबुटी खेती सुरु गरेको समूहले यस बर्ष करिब २ रोपनी जग्गामा अतिसको खेती विस्तार गरिएको छ । हिमाली कृषि स...

  • पत्रकार हुँ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

    सुर्खेत । सुर्खेत प्रहरीले ‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेका छन्। ‘एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर उनीहरुले परिचय दिएको खुलेको छ,’ उहाँले भन्नुभयो ,...

  • गाँजा बोकेर कतार जान लागेका युवक विमानस्थलमा पक्राउ

    काठमाडौं । लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक छन् । लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्र...

  • रोकिरहेको ट्यांकरलाई ट्रकले ठक्कर दिँदा एक बालिकाको मृत्यु, तीन घाइते

    सप्तरी । सप्तरीमा रोकिरहेको टयांकरलाई ट्रकले ठक्कर दिएर भएको दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृतक र घाइते एउटै परिवारका हुन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुरुङगा नगरपालिका-४ कदमाहामा रोकिरहेको को १ ख ६९५६ नम्बरको तेल टयांकरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरक...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध युवा संघद्वारा विरोध प्रदर्शन

    जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघ धनुषाले प्रदर्शन गरेको छ । मंगलबार बिहान स्थानीय शिवचोकमा युवा संघका कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । कोरोना महामारी तथा पटक–पटक गरिएको लकडाउनले जनता आर्थिक समस्यामा परेका बेल...

  • कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणको इजलासमा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमान हुने भएको छ । शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै अदालत पुगेका हुन् । ...