• बालाजुस्थित म्याद नाघेका खाद्य सामग्रीमा रि–लेबलिङ गर्ने कारखानामा छापा

    काठमाडौं । काठमाडौँको बालाजुस्थित म्याद गुज्रिएका खाद्य सामग्री लेबलिङ गरेर नयाँ मिति राख्ने ‘अवैध कारखाना’मा अपराध महाशाखा र वाणिज्य विभागले छापा मारेको छ । मङ्गलबार काठमाडौँ महानगरपालिका–१६ स्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मारेर कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताउनुभय...

  • सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ

    काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको...

  • नदी कटानले ६६३ घरधुरी जोखिममा

    तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षापछि तनहुँको मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन् । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँ...

  • नेपाललाई बक्सिङमा तीन कास्य

    काठमाडौं । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन । छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका हुन । उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजब...

  • तुइन घटना छानबिन समितिको म्याद भदौ १५ सम्म थपियो

    काठमाडौँ । सरकारले तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद दोस्रो पटक थप गरेको छ । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ राय सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तर, तोकिएको समयमा प्रतिवेदन पेस नभएपछि गृह मन्त...

  • स्रोत नखुलेको ८५ लाख नगदसहित तीन जना पक्राउ

    काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रम...

  • खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

    सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश-३-१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट...

  • कांग्रेसको पौडेल पक्षका जिल्ला सभापतिहरु आजबाट अनशनमा

    काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला...

  • माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आज हुँदै

    काठमाडौं । निर्वाचन आयोगले आज माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता गर्दैछ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले आजै दर्ता गर्ने तयारी गरेको हो । आयोगले सनाखतसहित आवश्यक सम्पूर्ण प्रक्रिया आजै टुंग्याएर दल ...

  • करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

    बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ । रातोपाटीबाट...