काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी माहाधिवेशनस्थलमा दलित समुदायको उचित प्रतिनिधित्वको माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । पार्टी निकट दलित अगुवाहरुले दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गरेका हुन् । पार्टीले दलित समुदायका लागि उचित कोटा छुट्टायाउनुपर्नेमा त्यसो हुन नसकेको उनीहरुको गुनासो छ । हस्ताक्षर ...
समाचार
-
-
चितवनमा एकै पटक चार मन्दिरमा चोरी
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ। वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो। पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिक...
-
दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी
एजेन्सी । दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको हो।ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ। आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि ...
-
गर्भवतीको हवाई उद्धार
खोटाङ । डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि...
-
मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर ब...
-
पाल्पामा मलामी सवार बस दुर्घटना : ७ जनाको मृत्यु, ८ घाइते
बुटवल । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्...
-
हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन्। विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्व...
-
सशस्त्र प्रहरीको लिखित परीक्षामा दुई नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी पौष १७ गते पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बाग्लुङको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निलकुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका ५ बस्ने २७ व...
-
माओवादीको पदाधिकारी छनोट गर्न स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज द...
-
अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्दा ३ जनाको मृत्यु, चार घाइते
एजेन्सी । अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् । पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकाण्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदि...






















