• दोलखामा जिपले किचेर एकजनाको मृत्यु

    चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा जिपले किचेर एकजनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए । यात्रु लिएर ...

  • एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

    कर्णाली । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये स...

  • नगरपालिकाका कर्मचारीमाथि कुटपिट

    भक्तपुर । सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तप...

  • उद्योगमा करेन्ट लागेर एकको मृत्यु

    मोरङ । मोरङ बेलबारी नगरपालिका-७ का २४ वर्षीय आशिष मग्रातीको सुनसरीको दुहबीस्थित एक उद्योगमा करेन्ट लागेर मृत्यु भएको छ । दुहबी–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका उनको व...

  • ८९ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । यीमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म निको हुनेको संख्या २ लाख...

  • महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य बन्न सक्दैन : उपराष्ट्रपति पुन

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य ...

  • पन्ध्र दिनदेखि बेपत्ता दम्पती अझै भेटिएनन्

    जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फा...

  • हत्या आरोपित १७ वर्षपछि पक्राउ

    काठमाडौँ । कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ। सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ। प्रहरी चौकी डिमनबाट खटिएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो।...

  • ६६ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ रहेको छ । मुलुकभर ८ सय २५ जना संक्रमि...

  • कोरोना संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

    काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो । शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा...