• बेनी बोर्डीङ कप २०७५ सुरु

    बेनी मंगलबार माघ ८ गते । म्याग्दीको बेनी नगरपालिका वडा–७ बेनीमा रहेको बेनी आवासिय माविको युवा रेडक्रस सर्कलको आयोजनामा मंगलबार देखी आधारभुत तहको अन्तर विद्यालय स्तरिय बेनी बोर्डीङ कप सुरु भएको छ । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै किताबी ज्ञानले मात्र नभई अतिरि...

  • नगरपालिकाद्वारा तिम्ल्याह बच्चालाई आर्थिक सहयोग

    साधन राम्जाली बेनी, मंगलबार माघ ८ गते । बेनी नगरपालिकाले तिम्ल्याह बच्चाको पालणपोषणका लागि आर्थिक सहयोग गरेको छ । बेनी नगरपालिका ४ राक्से र वडा नं ७ मंगलाघाटका दुई परिवारका तीम्ल्याह बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले आर्थिक सहयोग गरेको हो । मंगलवार नगरपालिकाको कार्यालयमा मेयर हरिकुमार श्रेष्ठ,उपाध्यक...

  • बेनीमा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने

    बेनी सोमबार माघ ७ गते । बेनीमा नगरपालिका स्तारिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने भएको छ । बेनी नगरपालिकाको आयोजनामा आगामि माघ १८ गतेदेखी २० गतेसम्म प्रतियोगिताको आयोजना गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सोमबार वडा नं ७ का अध्यक्ष एवम् मुल समितिका संयोजक राजेन्द्र श्...

  • मायालुडाँडामा पार्क निर्माण निर्माणको तयारी

    बेनी शनिबार माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रब...

  • म्याग्दीकाली सञ्चार सहकारीको भवन निर्माण सुरु

    बेनी बिहिबार माघ ३ गते । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले संयुक्त रुपमा शिलन्यास गर्नुभयो । शिलन्यास कार्यक्रममा संस्थाका पदा...

  • अर्जुन माविको वार्षिकोत्सव सम्पन्न

    बेनी, बुधबार माघ २ गते । बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको ज...

  • म्याग्दीमा सांकेतिक नाटक मार्फत भुकम्पको सम्झना

    बेनी, बुधबार माघ ०२ गते । बुधवार विहान ९।३० बजे तिर म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको खुल्ला मञ्चमा भुकम्प र आगलागी एकैपटक निम्तीयो । नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी बल एकै साथ उद्धारमा जुटे । भुकम्पबाट घाइते भएकाहरुलाई अस्पताल पु¥याउन एम्बुलेन्स तत्काल आयो । सवैजना उद्धारमा खटिए । विपद् स्थलमै घाइतेको प्...

  • अर्थुङ्गे २४ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

    बेनी बुधबार माघ २ गते । बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर बानीयाँले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ६ अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालय र जामुनाखर्कमा रहेको विद्यामन्दिर आधारभुत विद्यालयमा अध्ययनरत २४ जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई स्कुल पोषाक सूइटर वितरण ...

  • बेनी सामुदायिक माविमा १०० टोलीद्धारा भ्रमण

    कर्णबहादुर खत्री बेनी शनिबार पौष २८ गते । म्याग्दी सदरमुकाम बेनीबजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शनिबार १ सयौं टोलीले शैक्षिक अवलोकन भ्रमण गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट शैक्षिक सत्र २०६९ मा विद्यालयलाई राष्ट्रकै सर्वोकृष्ट घोषणा भएपछि विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनको लागि भ्रमण आउन थालिएको ...