गरिमा विकास बैंकद्धारा अस्पताललाई युरो गार्ड सहयोग

बेनी ,आइबार बैशाख २९ गते ।
गरिमा विकास बैंकले बेनी अस्पताललाई युरो गार्ड मेसीन सहयोग गरेको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ८मा रहेको अस्पताललाई गरिमा विकास बैंकले करिब ४० हजार रुपैयाँ बराबरको सो युरो गार्ड मेसिन हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रमका विच वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीको उपस्थितीमा बैंकका संचालक डाक्टर भुपेन्द्र्र बहादुर खड्का र शाखा प्रवन्धक कमल प्रसाद ढुङ्गनाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाल र क्लीनिकल कोओर्डीनेटर डाक्टर नवराज बस्ताकोटींलाई हस्तान्तरण गर्नुभएको हो ।

युरो गार्ड मेसिन हस्तान्तरण गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका डाक्टर खड्काले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको बताउनुभयो । अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई स्वस्थ खानेपानी उपलब्ध गराउने उदेश्य सहित बेनी अस्पताललाई युरो गार्ड मेसीन सहयोग गरिएको उहाँको भनाई छ । उहाँले सरकारले मात्र सबै धान्न नसक्ने भएकाले सबै मिली स्वास्थ सेवाको गुणस्तर विकासमा सरकारलाई सघाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कटुवालले युरो गार्ड सहयोग गरेकोमा बैंक प्रती आभार व्यक्त गर्नुभयो । अध्यक्ष कटुवालले अस्पतालमा सेवाग्राहीका लागि व्यवस्थीत खानेपानी सुविधा नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्दै आइरहेको बताउनुभयो । बैंकको युरो गार्ड सहयोग संगै सेवा ग्राहीले शुद्ध खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।

व्यवस्थापन समितीका अध्यक्ष कटुवालको अध्यक्षथता , डाक्टर खड्काको प्रमुख आतिथ्यता,क्लीनिकल कोओर्डिनेटर डाक्टर बस्ताकोटीको स्वागत मन्तव्य र अस्पतालका नासु त्रिविक्रम आचार्यको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार