• बालबालिकाका लागि कोभ्याक्समार्फत ८४ लाख फाइजर खोप आउँदै

    काठमाडौं । सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो । पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभ...

  • लुम्बिनी सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहमा ४ जनामात्रै मन्त्री

    बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार आयोजना गरेको १५ औं गणतन्त्र दिवस समारोहमा प्रदेशका सरकारका बहुसंख्यक मन्त्री तथा सांसदहरू नै अनुपस्थिति रहेका छन्। पुर्वनिर्धारित कार्यक्रम अनुसार सरकारले आठ बजे प्रभातफेरीसहित सिद्धेश्वरी खेलमैदानमा विशेष समारोह आयोजना गरेको थियो। शनिबार रातिदेखि नै परेको वर्षाको बावजुद प्रभात...

  • नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भयो : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र संरक्षण र संस्थागत गर्न नसकेको बताउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा भएको गणतन्त्र दिवसको एक कार्यक्रममा गणतन्त्रको संस्थागतका लागि काम गर्न नसक्नु अहिलेका राज्य व्यवस्थाको नेतृत्वकर्ताहरुको कमजोरी भएको बता...

  • यौन हिंसाका मुद्धामा हदम्याद बढाउन संसद सचिवालयमा विधेयक दर्ता

    काठमाडौं । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यौन हिंसाका मुद्धामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक दर्ता गरेको हो । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धामा हदम्याद ब...

  • सम्पर्कविहीन तारा एयरको जहाज खोज्न २ वटा हेलिकप्टर परिचालन

    काठमाडौँ । तारा एअरको नाइन एन–एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि २ वटा  हेलिकप्टर परिचालन गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको बताउनुभयो । नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएक...

  • तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि

    पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी दिनुभयो । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर...

  • विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उहाँले सो उद्देश्य ...

  • थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • ७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ

    काठमाडौं । धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । योजनावद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई बिहीबार काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ गरेको ...

  • ग्रामीण नमुना कृषकलाई पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण

    म्याग्दी । म्याग्दीको ग्रामीण भेगका नमुना कृषकहरुलाई लक्षित गरी बेनीमा सञ्चालित पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमद्वारा पुनर्ताजगी तालिम तथा स्थलगत भ्रमणको आयोजना गरिएको हो । पुनर्ताजगी तालिममा ग्रामीण नमुना कृषक र स्...