काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको...
समाज
-
-
खेलकुदमा स्थानीय तहको बजेट उल्लेख्य बढाइयो
काठमाडौं । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्थानीय तहको बजेटमा उल्लेख्य बृद्धि गरिएको छ ।आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको वार्षिक बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि कुल ३ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये संघमा २ अर्ब ४५ करोड ५० लाख, प्रदे...
-
विश्वराज पोखरेलसहितको दुई मुद्दा जेठ ३० मा एकसाथ सुनुवाइ हुने
काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ति र एआईजीको बढुवा विरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल अदाल...
-
सेवाग्राहीद्वारा तिलोत्तमा-१ को कार्यालयमा तालाबन्दी
रुपन्देही । रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएपनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् । वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनल...
-
बजेटले उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने स्पष्ट लक्ष्य लिएको छ : विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा उद्यमी विनोद चौधरीले बजेटबाट सरकारले स्वदेशी उत्पादन बढाउन स्पष्ट योजना अघि सारेको बताउनुभएको छ । उहाँले बजेटमाथिको छलफलमा सम्बोधन गर्दै आयात प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन बजेटले स्पष्ट दिशा लिएको बताउनुभएको हो । ‘नेपालमा उत्पादन हुने वस्तु छिमेकी मुलुकमा लग्नका लागि ८ प्रत...
-
घोपा बचाउ आन्दोलनः पाँच सदस्यीय कार्यदल बनाउने सहमति
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा प्रभावकारी बनाउन विभिन्न माग राखेर जारी घोपा बचाउ आन्दोलन र प्रतिष्ठान व्यवस्थापन पक्षबीच सहमति भएको छ।आन्दोलन भएको ५६ औं दिनमा सोमबार राति धरानका मेयर हर्कराज राई (साम्पाङ) को रोहबरमा वार्ता भएको थियो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल न...
-
मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च : अध्ययन
एजेन्सी । हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ । अमेरिकी जर्नल अफ किड्नी डिजि...
-
वालेन्द्र साहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गर्नुभएको छ । उहाँले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । निर्वाचनपछि कार्यपा...
-
जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौं : तारा एयर
काठमाडौं । हिजोदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उद्धार कार्य जारी रहेको तारा एयरले जनाएको छ । तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटना...
-
सरकारले प्रत्येक वर्ष ८ लाख नेपालीलाई गरिबीबाट माथि उकास्ने
काठमाडौँ । सरकारले आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो । यस्तै, अर्थमन्त्री जर्नादन शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा गर्नुभयो । यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव...






















