• पारिवारिक निजी वन संघ रघुगंगा गाउँपालिका अध्यक्षमा भण्डारी

    बेनी  । पारिवारिक निजी वन संघ रघुंगगा गाउँपालिका अध्यक्षमा धनबहादुर भण्डारी चयन हुनुभएको छ । शुक्रबार म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित शिव भ्यालीमा सम्पन्न पालिका स्तरीय निजी किसानहरुको भेलाबाट भण्डारी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा रमाकुमारी कटुवाल,सचिवमा राजकुमार भण्डारी ,सहसचिवमा रा...

  • तीन जनाको नेपाली नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । मन्त्रिपरिषद् बैठकले तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणप...

  • थप २७४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना निको भए...

  • ‘विद्युत नपाएर उद्योग बन्द हुने स्थिति आउँदैन : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो । बिहीबार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा ...

  • सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद चर्किदै

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किंदै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ । ‘हामीसँगै बसोवास गर्...

  • भरतपुरमा आमासँगै बाटो काट्न लागेकी दुई वर्षीया बालिकाको ट्रकको ठक्करबाट मृत्यु

    भरतपुर । चितवनको भरतपुरमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई वर्षीया बालिकाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार शुक्रबार दिउँसो १२ बजेतिर बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई भरतपुरबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्र...

  • सुनकोसीमा बेलिब्रिज जडानपछि गाईघाट–दिक्तेल सिधा यातायात

    काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन्। मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स...

  • दाङको बंगलाचुलीमा चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक

    दाङ । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाएको छ । गाउँपालिकाको सर्वपक्षीय बैठकबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाउने निर्णय गरेको हो । सिमेन्ट उद्योगले नागरिक...

  • देउवा र प्रचण्डबीच भेटवार्ता

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रचण्डले देउवा पुन:अध्यक्ष भएकोमा औपचारिक बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विभिन्न देशमा खाली राजदुत नियुक्ति लगायत विषयमा छलफल भएको...

  • लुम्बिनी बसपार्कमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट

    बुटवल । लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागी भएको छ। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् । राती २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ। स्थानीयले आगलागी पछि नगरपा...