• ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो ।...

  • डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु, दुई घाइते

    धनगढी । डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले पहिरोमा पुरिएर अवस्थीको सोमबार र...

  • विमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाउनुभएको थियो । अनुगमनका क्रममा...

  • बाढीका बीच कञ्चनपुरको महाकाली टापुमा पाँच जना फसे

    कैलाली । आइतबार रातिदेखिको अबिरल वर्षाका कारण महाकाली नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन् । भिमदत्त नगरपालिका–९ को खल्ला मसेनी क्षेत्रमा रहेको टापुमा ५ जना फसेका हुन् । खहरे खोला र महाकाली नदीको बीच बनेको टापुमा ५ जना फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरी...

  • अविरल वर्षाका कारण सुदूरपश्चिममा डुबान र बाढी

    कैलाली । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो । धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रक...

  • कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

    काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ ।आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्...

  • सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

    धनगढी । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विव...

  • सेतीमा पानीको बहाव पुलमाथि पुग्न थाल्यो, उर्लियो महाकाली

    डोटी । जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटरेबल पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला ...

  • मोनाको चौथो महाधिवेशनको तयारी पूरा

    बेनी । संसारभर छरिएका म्याग्दीलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनको तयारि पूरा भएको महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत हुनेछ । म...

  • बालगृहका बालबालिकाहरुलाई दसैँमा लत्ताकपडा हस्तान्तरण तथा भोजनग्रहण

    बेनी ।नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई बिहीबार लत्ताकपडा सहयोग भएको छ । प्रवासी म्याग्देलीहरु आबद्ध मोना हङकङद्वारा नेपालीहरुको मुख्य चाड बडादसैँ तथा तिहारको अवसरमा बालबालिकालाई लत्ताकपडा सहयोगका साथै भोजनग्रहण गराइएको हो । आफ्ना अभिभावकको अभावमा म्याग्...