• दाङमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १६ घाइते

    दाङ । सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य १६ जना घाइते भएका छन्। सल्याानको कालिमाटीबाट दाङ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। दाङको बबई गाउँपालिका वडा नम...

  • गोरखामा स्क्रव टाइफसका कारण एक जनाको मृत्यु

    पोखरा । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । अचानक ज्वरो बढेपछि उनलाई ग...

  • बेनीका स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम

    म्याग्दी । स्वास्थ्यचौकी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम आज बेनीमा सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरिएको हो । पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेज...

  • थप ४४७ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३९ जना नि...

  • घरमा बस्न नदिएको झोंकमा साथीसँग मिलेर बुवाको हत्या

    काठमाडौं । कपिलवस्तुको विजयपुर गाउँपालिका–९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा विजयपुर–६ का २६ वर्षीय जयन पुन मगर र विजयपुर–९ का २४ वर्षीय मुकेश महरा छन्। मगर थापाका झड्केला छोरा हुन्। आफ्नी आमालाई दुस्ख दिएको आरोपमा उनले महराको सहयोग लिएर हत्या गरेको ...

  • धादिङमा ट्रक दुर्घटना : २ को मृत्यु, ७ घाइते

    धादिङ । धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमा...

  • जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ को मृत्यु

    जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो। मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री ...

  • थप ४६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ८७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ सय ५५ जना ...

  • काठमाडौं उपत्यकाबाट तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाविरुद्धको खोप

    काठमाडौँ । तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो। मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुक...

  • स्थानीय तह तथा सरोकारवालालाई सञ्चालित अभिमुखीकरण कार्यक्रम सकियो

    म्याग्दी । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा सञ्चालित अभिमुखीकरण कार्यक्रम आज सकिएको छ । म्याग्दी जिल्ला भित्रका स्थानीय तहहरु तथा जिल्लास्तरका सरोकारवालाहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक विकास कार्यालय म्याग्दीद्वारा चालु वर्षमा सञ्चालित वि...