काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको छ । यस्तै, शनिबार ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको ...
स्वास्थ्य
-
-
मन्त्री पुनद्धारा अक्सिजन उत्पादन केन्द्रको उद्घाटन, बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपुर्ति
बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । सो उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउ...
-
नुवाकोटबाट दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिला पक्राउ
काठमाडौं । नुवाकोटमा भारतको नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिला पक्राउ परेकी छिन् । नुवाकोट प्रहरीको सहयोगमा मानव बेचविखन अनुसन्धान ब्युरोले मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नुवाकोटको दुप्चेश्वर नगरपालिका २ की ६२ वर्षीया चमेली र सीता तामाङ भन्ने रुकमाया ताम...
-
१० वर्षपछि अपहरण मुद्दाका दोषी पक्राउ
सप्तरी । सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । यादवसहितको समूहले साविकको ब...
-
दक्षिण अफ्रिकी जुलु राजा गुडविलको निधन
जोहानेसबर्ग, एएफपी । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गुडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका राजा गुडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ । राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका ...
-
बर्दियामा बाघको आक्रमणबाट आठ जनाको मृत्यु
बर्दिया । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्र...
-
भारतका कप्तान सुनिल क्षेत्रीलाई कोरोना संक्रमण
काठमाडौं । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री कोरोना भाइरसबाट संक्रमित भएका छन् । क्षेत्रीले ट्वीटमार्फत आफ्ना फ्यानहरुलाई यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना भाइरस संक्रमण भएको छ । तर, म राम्रो महसुस गरिरहेको छु र भाइरसबाट निको हुँदैछु र चाडैं फुटबल मैदानमा फर्कनेछु,’ क्षेत्रीले लेखेका छन् । बें...
-
लायन्स क्लब अफ बेनी पिस सिटीद्धाराबेनी अस्पतालमा औषधी विक्रि कक्ष
म्याग्दी । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । सो भवनको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो । मन्त्रि पुनले क्लबलाई धन्यवाद दिँदै विक्रि कक्षले अस्पतालमा आउने विरामीहरुलाई सेवा लिन थप सहज हुने बताउनुभयो । ...
-
दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
सउल । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु सहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीष मगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन...
-
चितवनमा मुटु अस्पताल सञ्चालनमा
काठमाडौं । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुट...





















