• निर्देशक रेशराज आचार्यको निधन

    काठमाडौँ । वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहा...

  • जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला

    विराटनगर । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटन...

  • ब्राजिलमा भारी वर्षापछि आएको बाढी–पहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु

    एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी...

  • बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

    काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त...

  • ‘डिस्को किङ’ बप्पी लहरीको निधन

    काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उहाँको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सा...

  • थप ६८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २ पु...

  • रहेनन् साहित्यकार तारानाथ शर्मा

    काठमाडौँ । साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उहाँको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो । १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको पशुप...

  • दलित अधिकारकर्मी किसानको उपचारमा आर्थिक अभाव

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आउनुभएका दलित अगुवा याम किसान मुटु रोगबाट ग्रसित हुनुभएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएका किसानको उपचारमा आर्थिक समस्या भएको छ । सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि २०७५ सालमा मुटुरोग बिश...

  • सिङ्गाका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण तथा मानव बेचबिखन एवं लैङ्गिक हिंसाविरुद्धको तालिम सञ्चालन (तस्बिरहरु)

    म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (सोमवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ४ नम्बर वडा सिङ्गामा एक कार्यक्रमको आयोजना गरी २० जनालाई कपडा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागरिक स...

  • थप ७४७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९०० ...