पोखरा । पोखरामा लगातार परेको भारी वर्षाका कारण पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लकको घर पहिरोले भत्किँदा ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो । पहिरोले पुरिएर घाइते भएकी नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रम...
घटना
-
-
मेसिनको फित्तामा बेरिएर एक युवकको मृत्यु
तनहुँ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रह...
-
काभ्रेको चौँरीदेउराली गाउँपालिकाका नौ घर पहिरोको उच्च जोखिममा
बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका-५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिरोले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । वडा नं ५ का अध्यक्ष राजक...
-
दुई परिवारबीच झडप हुँदा एक महिलाको मृत्यु
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका १ डुमरीमा दुई परिवार बीचको झडपमा एक महिलाको मृत्यु भएको छ । झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो । स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढा...
-
टुकीबाट सल्किएको आगोले ८ लाख बढीको क्षति
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले ज...
-
१४ वर्षीया छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ
लमजुङ । एक १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा फरार लमजुङका एक शिक्षक पक्राउ परेका छन्। सोमबार बेशीसहरबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई जबरजस्ती करणी गरेकै आरोपमा सोहि गाउका अर्जुन...
-
पहिरोमा पुरिएर एकजनाको मृत्यु, तीन घाइते
अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर प...
-
वीरगन्जमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु
वीरगन्ज । वीरगन्ज वडा नम्बर १८ सिर्सियामा पर्ने सिर्सिया बहुअरी चोकमा मंगलवार भारतीय नम्बरको ग्यास बोक्ने ट्यांकर (बुलेट)बाट ठक्कर लागि एकजना ३० वर्षीय युवकको जान गएको छ। घट्नामा पर्साको बहदुरमाई नगरपालिकाको पिपरा टोल घर भएका लालबाबु साहको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट पश्च...
-
कालिज फार्ममा चितुवा पसेपछि…
काठमाडौँ । डोटीको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँ स्थित ‘कालिज बहुउद्देश्यीय फार्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गर्नुभएको थियो । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । जङ्गलबाट र...
-
बाढी र पहिरोले पाइप बगाउँदा खानेपानीको हाहाकार
नवलपरासी । अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिरोका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो । देउराली हुप्सेकोट शहरी खानेपानी तथ...











