काठमाडौँ । काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् । २०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा.४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको थि...
घटना
-
-
दार्चुलामा बाढी पहिरोका कारण ३ जनाको मृत्यु, २ बेपत्ता
दार्चुला । दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढी पहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा...
-
काभ्रेमा स्क्रब टाइफसबाट ४ जनाको मृत्यु
काभ्रे । स्क्रब टाइफसका कारण काभ्रेमा पछिल्लो दुई सातामा ३ बालबालिका र एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिश जोशीका अनुसार केही दिनयता अस्पतालको बालरोग विभागमा मात्रै दिनहुँ ३–५ जनासम्म स्क्रब टाइफसका बिरामी आउने गरेका छन् । ‘१०–१२ दिनदेखि ज्वरो आएको भन्दै अस्पताल आएका १०–१२ ...
-
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन
काठमाडौँ । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परि...
-
गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा एक व्यक्तिको ...
-
भोजपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्माहत्या
भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प...
-
बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जन घरमा क्षति
बुटवल । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ । वडा नं. ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ । पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय...
-
अविरल वर्षाका कारण घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु
पाल्पा । अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फक...
-
पोखराको फिर्के पुलबाट जिप खोलामा खस्यो
पोखरा । पोखराको फिर्के खोलमा स्कार्पियो जिप खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो । बागलुङ बसपार्कबाट पर्स्याङ जिरो किलोमिटरतर्फ जाँदै गरेको जीप मध्यरातमा पुलको मुखमा रहेको स्ट्याण्ड बोर्डलाई ढ...
-
रातु नदीको बाढी पस्दा महोत्तरीका ९ सय घर डुबानमा
महोत्तरी । लगातारको वर्षातपछि महोत्तरीको रातु नदीमा आएको बाढी बस्तीमा पस्दा ९ सय घर डुबानमा परेका छन् । जिल्लाको बलवा नगरपालिका– ४ स्थित तीलगढ बस्तीनै डुबानमा परेको स्थानीयले बताएका छन् । पहिल्यैदेखि जिर्ण अबस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको तीलगढका स्थानीय लक्ष्मण मण्डलले जानकारी दिनुभयो । रातुमा आएको बा...





















