काठमाडौं । मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले ललितपुर लगनखेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ घर भएका २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ नम्बरको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका ...
घटना
-
-
ट्रक अनियन्त्रित भई दुर्घटना हुँंदा एकको मृत्यु
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। ना ६ ख ३९८२ नं.को भैसी बोकेको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँंदा ट्रक चालक जिल्ला पर्सा बीरगन्ज महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० को कैमोदिन अन्सारी मृत्यु भएको हो। महानगरीय ...
-
कारको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु
डोटी । जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका छन् । गए राति दिपायल पिपल्ला बजार आउँदै गरेको उक्त कारको ठक्करबाट गम्भीर...
-
भोजपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
भोजपुर । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भ...
-
भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार
कञ्चनपुर । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ । बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे ...
-
कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर ४३ वर्षीया महिलाको मृत्यु
कञ्चनपुर । पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुग्नुभएको थियो । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउन...
-
मिथिला डिपार्टमेन्टमा भीषण आगलागी
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ। करीब साढे १० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ। नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्ट...
-
झारफुक गर्न जाँदा एक महिला बलात्कृत , झाँक्री पक्राउ
काठमाडौं । बिसन्चो भएपछि झारफुक गर्न जाँदा काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला बलात्कृत भएकी छिन् । झारफुकको बहानामा शंखरापुर–६ स्थित सलम्बुटारमा ३९ वर्षीया महिलालाई झाँक्रीले बलात्कार गरेका हुन् । सिन्धुपाल्चोक घर भएका बलात्कार आरोपी भीम बहादुर सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन ...
-
ललितपुरको धोबीघाटमा डिउटीमा खटिएका प्रहरी कुटिए , कुटपिटको अभियोगमा २ जना
काठमाडौं । ललितपुरको धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारी कुटिएका छन् । कुटपिटको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् । बा८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहर...
-
हङकङबाट भन्सार छलेर ल्याएको मोबाइल र लत्ताकपडा बरामद
काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले भन्सार छलीका मोबाइल र लत्ताकपडा बरामद गरेको छ । हङकङबाट भन्सार छलेर ल्याएको महँगो मूल्यका १३ वटा मोबाइल र कपडासहित करिब १५ लाख ७५ हजार मूल्यको सामान बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ । हङकङबाट नेपाल फर्केका यात्रुमार्फत मगाएको सामान भन्सार छलेर कालिमाटी घर भएका बिपिन...










