काठमाडौँ । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि ...
अन्तर्राष्ट्रिय
-
-
भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख भन्दा बढी
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण...
-
झुलाघाट नाकामा आवतजावत खुकुलो
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ।यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो। आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुख जिल्ला...
-
कुवेतस्थित नेपाली दुतावासका श्रम सहचारी ज्ञवालीको मृत्यु
काठमाडौं । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ । ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्न...
-
कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु
काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्त...
-
कोभिडबाट विदेशमा थप ११ नेपालीको मृत्यु
काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५...
-
बम आक्रमणबाट वरिष्ठ अफगान अधिकारीको मृत्यु
काबुल, सिन्ह्वा । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधन...
-
भन्सार छलेर भारतको कुवाडीबाट ल्याइएको २ हजार ४६० किलो चिनी बरामद
विराटनगर । प्रहरीले भारतको कुवाडीबाट अवैध रुपमा ल्याइएको २ हजार ४६० किलो चिनी बरामद गरेको छ। मोरङ प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडिबाट सोमबार राति चिनी बरामद गरिएको हो। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भन्सार छलेर ल्याई राखिएको ४९ बोरा चिनी बरामद गरिएको हो। जिल्ला प्रहरी...
-
कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको निधन
सउल । दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ । उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहेका थिए । उनको लातभियास्थित उपचाररत अस्पतालमा निधन भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल (...
-
नौ महिनापछि काठमाडौँ–दिल्ली उडान
काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत...





















