• हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १९४१ पुग्यो

    हाइटी । गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ९ सय ४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ । यस भूकम्पमा परी ९ हजार ९ सयभन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६...

  • अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे

    काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाल फर्किएका छन् । उनीहरु आज बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ‘अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ६१ जना आज बि...

  • काबुलबाट थप ४३७ नेपालीलाई उद्धार गरी बेलायत पुर्‍याइयो

    काठमाडौँ । ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगेको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको हो । ‘हाम्रा साथीहरूलाई ...

  • तालिबानद्वारा आममाफीको घोषणा

    काठमाडौं । तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ । साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण व...

  • अफगानिस्तानबाट उद्धार १२७ नेपाली काठमाडौं आइपुगे

    काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्य...

  • काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

    काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ । यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँग...

  • मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा

    एजेन्सी । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ।संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्। विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए। 'मन्त्रिपरिषद्ले राजा...

  • अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए । ...

  • अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्दार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्दार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा वि...

  • अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । सोमबार विहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताउनुभयो । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश...