मकवानपुर । मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो । हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुक...
मुख्य समाचार
-
-
विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु
पर्वत । विद्युतको पोलबाट खसेर सोमबार साँझ एक कर्मचारीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बागलुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका ला...
-
मन्त्रालयमा पत्रकारको धर्ना
कैलाली । कैलालीका पत्रकारहरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । मंगलबार उनीहरुले धनगढीस्थित प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन् । त्यस्तै टिकापुरका पत्रकारले पनि ईलाका प्रशासन कार्यालय टिकापुरमा धर्ना दिए । स्थानीय दिनेश खवरले धनगढीको थुनुवा कक्षमा १९ वर्षीय एक युवकले आत्महत्या...
-
चितवनमा पहिरोले ८ घरमा क्षति, ४ वटा सवारीसाधन बगायो
चितवन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्...
-
महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि
ललितपुर ।ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोन...
-
अब विपन्न संक्रमितको मात्रै सरकारले निःशूल्क उपचार गर्ने
काठमाडौँ । सरकारले अबदेखि बिपन्न नागरिकको मात्र निःशूल्क उपचार गर्ने भएको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयका ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’मा बसेको बैैठकले यस्तो निर्णय गरेको हो। मन्त्रालयको प्राविधिक समूहको बैठकले लक्षण देखिएका व्यक्तिको मात्र उपचार गर्ने र त्यसमा पनि बिपन्...
-
वीरगन्जमा उपचाररत बाराकी कोरोना संक्रमितको मृत्यु
वीरगन्ज । नारायणी अस्पतालको आईसीयूमा उपचार भइरहेकी बाराकी एक कोरोना संक्रमित महिलाको सोमबार बेलुकी मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको डुमरवानाकी ५५ वर्षीया महिलाको सोमबार बेलुकी सवा ७ बजेतिर मृत्यु भएको हो । उनलाई सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो...
-
भारतद्वारा प्याजको निर्यातमा रोक
काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ । यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस...
-
सुदूरपश्चिम प्रदेशमा करिब ५७ सयले जिते कोरोना
धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार सात सयले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार थप ८ जनाले कोरोना जितेको जानकारी दिए। उनका अनुसार डोटीबाट चार, कञ्चनपुरबाट तीन र बैतडीबाट एक जनालाई सोमवार डिस्चार्ज गरिएको हो। योसंगै ...
-
प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव गौतम
काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । मन्त्रिपरिषद्ले सोमबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले राष्...