भारतद्वारा प्याजको निर्यातमा रोक

काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ । यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ ।

वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो । यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् ।अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ । रातोपाटी/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार