काठमाडौं । चौतर्फी आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । तर, कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय भने ...
मुख्य समाचार
-
-
नेपाल टी–२० लिग : टिम स्वामित्वको लागि टेण्डर आह्वान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी असोजमा हुन लागेको नेपाल टी–२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको स्वामित्व खरिदका लागि टेन्डर आह्वान गरेको छ । आयोजक क्यान र प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सले टिम स्वामित्व लिन चाहनेका लागि शुक्रबार टेन्डर अह्वान गरेको क्यानले जनाएको छ । क्यानले पह...
-
गण्डकी प्रदेश सरकारः आगामि वर्ष उज्यालो अभियान पुरा गर्ने
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्युत खपत बढाई एलपी ग्यासको प्रयोग घटाउने उल्लेख गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उज्यालो अभियानलाई सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो । उज्यालो अभियान सम्पन्न ...
-
निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी
रुपन्देही । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । रुपन्द...
-
स्थानीय तह निर्वाचनले अर्थतन्त्र थप चलायमान, तर मूल्यमा चाप पर्यो : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तह निर्वाचनका कारण अर्थतन्त्र थप चलायमान भएको बताएको छ ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो टिप्पणी गरेको हो । कोभिड–१९ संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि समेत विस्तार हुन थालेको नेपाल बैंकले जनाएको छ । केन्द्रीय तथ्यांक विभाग...
-
एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरोध गरेका छन् । मन्त्री बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको जवाफ दिएपछि एमाले सांसदहरु आसनब...
-
जनताको शासक होइन सेवक बन्न तत्पर छु : उपमेयर डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विजय र्याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उहाँले भन्नुभयो, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’ जितहारको मान...
-
बालेनलाई शुभकामना दिंदै स्थापितले भने : सकारात्मक काममा सहयोग र कमजोरीमा निरन्तर खबरदारी
काठमाडौं । काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका एमाले उम्मेदवार केशव स्थापितले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिनुभएको छ । उहाँले काठमाडौँको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताउनुभएको छ । यद्यपि, हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने उहाँले बताउनु...
-
संसदमा होहल्ला : मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदको विरोध
काठमाडौँ । प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । मन्त्री बडू बोल्दै गर्दा एमा...
-
काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु : बालेन साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा विजय भएपछि बालेन साहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा विजयी र्याली सुरु गरेका छन् । राष्ट्रिय सभा गृहबाट सुरु भएको विजय र्यालीमा उहाँका समर्थकहरुले सहभागिता जनाएका छन् । नेकपा (एमाले)का केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन...






















