बेनी । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८ न्युरोडमा रघुगंगा डेरी एण्ड जुस कर्नर...
म्याग्दी
-
-
झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त प...
-
रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख रुपैयाँ थप बजेट विनियोजन
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा रु १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । गाउँसभाले वृहत घोप्टेखोला र ...
-
सहकारीले उत्पादन र व्यावसायिक क्षेत्रमा लगानी बढाउनुपर्ने उपप्रमुख लामिछानेको भनाइ
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आज (आइतबार) २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० सम्म कुल ५ सय ५ जना शेयर सदस्य रहेको सहकारीको ९१ लाख ६२ हजार तीनसय रुपैयाँ शेयर पुँजी रहेको छ । यसैगरी सहकारी संस्थामा जगेडा कोषतर्फ पाँचल...
-
नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३०औं बार्षिक साधारण सभा तथा अधिवेशन
बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिवेशन बेनीमा सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको कार्यक्रम जिसस प्रमुख राजकुमार थापाले उद्द्धाटन गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । ...
-
जिसस म्याग्दीको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सकियो
म्याग्दी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । वार्षिक समीक्षा गोष्ठीमा म्याग्दी जिल्लामा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालयहरु, स्थानीय तह र गैरसरकारी संघसंस्थाले गएको आर्थिक वर्ष २०७८÷०७९ र चालु आव ०७९...
-
प्रकाश माविको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विज्ञान प्रदर्शनी (फोटोफिचर)
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा ...
-
मुनामा ग्यावीयन बुन्ने तालिम सम्पन्न (तस्विरहरु)
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ ।पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले रोजगा...
-
लियो क्लबको दोस्रो जिल्ला परिषद् बैठक बेनीमा
बेनी । लियो क्लबको दोस्रो जिल्ला परिषद् बैठक बेनीमा सुरु भएको छ । लियो डिष्ट्रिक काउन्सिल ३२५ आई ,नेपालद्धारा आयोजित उक्त कार्यक्रमको शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले उद्घाटन गर्नुभयो । लियो क्लब अफ बेनीद्धारा होष्ट उक्त कार्यक्रममा देशभरिबाट ४२ क्लबका एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको लियो क्लब...
-
नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण
म्याग्दी । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको छ । जिल्लाको बेनी नगरपालिका–७,स्थित मङ्गलाघाटमा म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको हो । प्राधिकरणले यसअघि नगरपालिकाको वडा नम्बर ८ गणेशटोल थित भाडाको घरबाट सेवा दिंदै आएको थियो । ठेकेदार कम्पनी त्रिशक्ति तिलक जेभीले एक करोड ८६ लाख...


























