काठमाडौँ । मधेस प्रदेश सरकारमा एक जना राज्यमन्त्री थपिएका छन् ।मुख्यमन्त्री लालबाबु राउतले आइतबार नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र राय यादवलाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त राज्यमन्त्री यादवलाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उहाँलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्राको ...
राजनिति
-
-
समृद्ध नेपाल, सुखी नेपालीको नेतृत्व गर्ने पार्टी एमाले हो : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेतृत्व गर्ने पार्टी एमाले भएको बताउनुभएको छ। वसन्त पञ्चमीको अवसरमा एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ देशको साझा आकांक्षा भएकाले त्यसलाई एमालेले गन्तव्य बनाएको उल्लेख गर्नुभएको छ । 'समृद्ध नेपाल, सुखी नेपाल...
-
दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने प्रण गरौँ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गर्नुभएको छ । विद्य...
-
निर्वाचन–२०७४ : उम्मेदवारले बुझाएनन् खर्च विवरण
बाँके । सरकारले तीनै तह (संघ, प्रदेश र स्थानीय) तहको चुनाव गराउने तयारी गरेको छ। विपक्षी दलहरूले पनि चुनावका लागि दबाब सिर्जना गर्न थालेका छन् तर अर्को चुनाव आउँदासम्म पनि २०७४ सालमा भएको संघ र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवारले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन्। जिल्ला निर्वाचन कार्यालय...
-
चुनावको मिति सोमबार घोषणा हुन्छ : मन्त्री कार्की
काठमाडौँ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताउनुभएको छ । निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । भोलि (सो...
-
माओवादी नेता नेपाली एमालेमा प्रवेश
काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–११ रिघाका बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गर्नुभएको छ। लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्नुभएका नेपालीसँग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । जनमोर्चापछि नेकपा माओवादी हुँदै नेकपामा आवद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गर्नुभएको हो । नेकपा एमाले, बागलुङ...
-
प्रदेश-१ मा मन्त्रालय बढाएकामा एमालेको विरोध
मोरङ । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । नेकपा एमाले प्रदेश–१ संसदीय दलको नेता भीम आचार्यले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार जनविरोधी र वाइह्यात रहेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी ...
-
संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले स...
-
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । उहाँ यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आउनुभएको थियो । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गर्नुभएको हो । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्...
-
कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउने माओवादी केन्द्रको तयारी
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । सत्तारुढ माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लागेपछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । ‘मन्त्रालयको भागवण्डा करिब करिब मिलिसकेको छ । आज नाम आए आइतबार सरकारले पूर्णता पाउँछ,’ मुख्यमन्त्री शाहीले भन्न...














