काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले आज सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर...
समाचार
-
-
विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ६६ हजार नाघ्यो
बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५६१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २२३ जना रहेका छन । विश्वभर तीन अर्ब ५३ करोड ७२ ...
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि खोप सुनिश्चित गर्न आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चितता गर्न आग्रह गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चिता गर्न सरकारसँग आग्रह गरेको हो । आयोगले नेपाली श्रमिकहरूका लागि गन्तव्य देशमा जानु ...
-
विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो
एजेन्सी । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ४९ ला...
-
मर्स्याङ्दी घट्ने आशमा मनाङवासीको दिन कट्दै
–नवीन लामिछाने मनाङमा गत जेठ अन्तिममा ठूलो वर्षा भयो । वर्षापछि जिल्लावासी एकै ठाउँमा कोचिएर बस्नुपर्ने बाध्यता आयो । एउटै कोठामा ४५ जनासम्म । बाढी र पहिरोमा परेपछि घरबाट जे–जति खानेकुरा ल्याउन भ्याएका छन्, त्यही बाँडीचुँडी खान बाध्य छन्, उनीहरू । कोभिड–१९ को जोखिमको समयमा यी ४५ जनाको एउटै मेसमा बस्नुपर्ने बाध्यता ...
-
आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नि...
-
अर्थमन्त्री शर्माले गरे श्वेतपत्र ल्याउने घोषणा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको हो । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उहाँले भन्नुभयो, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उहाँका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।...
-
मध्यरातमा आफ्नै घरभित्र महिला बलात्कृत
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक हप्ताभित्रै दोस्रो दलित महिला बलात्कारको सिकार भएकी छन् । प्रहरीका अनुसार देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गएराति सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबर्जस्ती करणी गरेका हुन् । राति करिब १२ बजेको समयमा कुर्मी ती महिलाको घरभित्र प्रवेश गरी ज्...
-
शनिबारदेखि मनसुन सक्रिय हुने
काठमाडौं । शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरेबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेक...
-
सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थिय...






















