काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले पाउनुभएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो । यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो । ‘आइतबार मन्त्रालयबाट पत्र बु...
समाचार
-
-
विद्युत प्राधिकरणका कर्मचारी र सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङबीच सो सम्झौता भएको हो । कार्यक्रममा मन्त्...
-
व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री हमदुकद्वारा राजीनामा घोषणा
एजेन्सी । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्किएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो। तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी ...
-
आजदेखि बन्द प्रशिक्षण सुरु : १४ खेलाडी सहभागि, को–को भए अनुपस्थित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि बन्द प्रशिक्षण सुरु भएको हो । सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ भने त्यसका लागि फेब्रअरीमा ओमानमा हुने ग्लोबल छनोट प्रतियोगिता हुँदै छ । त्यसको तयारीस्वरुप बन्द प्रशिक्ष...
-
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
सिरहा । जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रक...
-
झन्डै ८ लाख मतदाता थपिए
काठमाडौँ । निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन् । निर्वाचनलाई लक्ष्य गरेर मंसिर १७ देखि जारी अभियानमा आइतबार संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको आयोगले जनाएको छ । यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो । आयो...
-
मंगलबार पुन: हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सुरकुहिरो लागेको छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशि...
-
एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए
विराटनगर । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यहीँ पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली संकलन अभियान चलाइएको थियो। सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार...
-
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
काठमाडौँ । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्। रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का को घाटी थिचेर हत्या गरेका हुन्। गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख...
-
मल खरिदमा भ्रष्टाचार, कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन डीएपी मल खरिद गरेको अभियोगमा कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्ब रुपैयाँ भन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । कृषि सामग्री लिमिटे...





















