नेपाल मगर विद्यार्थी संघ म्याग्दी क्याम्पस इकाई अध्यक्षमा पुर्जा

समिर रोका मगर, बेनी मंगलबार माघ १४ गते ।
नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बढेको छ । सोमबार सदरमुकाम बेनिबजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पुनर्गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा निर्मल पुर्जा मगर चयन हुनुभएको छ ।


यसैगरि अध्यक्ष पुर्जा संगै कमिटीको उपाध्यक्षमा तिलक थापा मगर , सचीवमा कुसुम पुर्जा मगर , सह(सचिवमा प्रितम फगामी मगर, कोषाध्यक्षमा शान्ती थजाली मगर सहित १७ सदस्य कार्य समिति गठन गरिएको नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दिको सदस्य भरत अर्मजा मगरले जानकारी दिनुभयो।


नेपाल मगर बिद्यार्थी संघ म्याग्दिको सचिवालय सदस्य तथा कार्यक्रमका अध्यक्ष बिजय घर्ती मगरले निर्बा्चित नयाँ कार्य समितिलाई बधाई दिदै भाषा , सस्कृतीको जगेर्ना गर्न बिद्यार्थीको भुमिका महत्त्वपूर्ण हुने भएकाले बिद्यार्थीहरु सचेत हुनुपर्ने कुरामा जोड दिनुभएको थियो।
त्यसैगरि कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसकि स्वबियु सदस्य रश्मि रोका मगरले मगर बिद्यार्थीहरुको समस्याको समाधान गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न बिद्यार्थी संघ अझ बदि जिम्मेवार हुन आग्रह गर्नुभयो।


नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दिको सचिवालय सदस्य बिजय घर्ती मगरको अध्यक्षता धौलागिरी क्षेत्रका सदस्य धन बहादुर रोका ( समीर) को सन्चालन र स्वबियु सदस्य रश्मि रोका मगरको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार