एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ

लन्डन, मंगलबार माघ २२ गते । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दान स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा जुटेका छन् । जसको लागि पूर्जालाई विभिन्न संघसंस्थाले साथ र सहयोग दिइरहेका छन् ।

पूर्जाको अभियानमा गैरआवासीय नेपाली संघ एनआरएन यूकेले साथ दिने भएको हो । अभियानमा सहयोग गर्न एनआरएन यूकेले संरक्षक योगेन्द्र बहादुर क्षेत्रीलाई संयोजकको जिम्मेवारी तोकीसकेको छ । एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले पूर्जाको अभियानलाई साथ दिन एनआरएन यूके लागिपरेको बताए ।

अध्यक्ष फगामीले पूर्जाले विश्वकै सबैभन्दा अग्लो सगरमाथासहित दर्जनौ हिमालको आरोहण गरिसकेकाले नेपाललाई विश्वसामू चिनाउने अभियानमा साथ दिन आग्रहसमेत गरेका छन् । त्यस्तै, महासचिव आरके त्रिपाठीले ब्रिटिश गोर्खा निर्मल ‘निम्स’ पूर्जा एमबीइको अभियानलाई एनआरएन यूकेको सहयोग रहने बताए । यसै गरि पूर्जाको आरोहणमा मोना यूके लगाएतका संघसंस्थाले समेत सघाउने प्रतिबद्धता जनाएका छन् ।

यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने योजनामा रहेका पूर्जालाई सहयोगको लागि सबैमा आहवानसमेत गरेका छन् । उनी आफ्नो योजनामा सफल भए यसले यसअघिको ७ वर्ष, ११ महिना १४ दिनको कीर्तिमान तोड्नेछ । कम्तीमा ७ लाख ५० हजार पाउण्ड आवश्यक छ । उनले आफ्नो योजनामा सघाउन अपिल गर्दै गोफण्डमी पेजमार्फत आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

गोफण्डमीमार्फत ७५ हजार पाउण्ड उठाउने प्रयासमा छन् उनी जसले उनको दोश्रो चरणको मिसन केटु, नांगा पर्वत र ब्रोड पिक पाकिस्तानको आरोहण खर्च कभर गर्छ । बेलायतको नेपाली डायस्पोरा जुट्यो भने उनको योजनाले सार्थकता पाउनेछ अनि नेपाल र नेपालीको नाम एकपटक फेरि उंचो हुनेछ उनले चढ्न आंटेका हिमालहरु जत्रै । उनलाई धेरैले ‘निम्स’ भनेर चिन्छन् । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो गोर्खा पनि हुन् ।

उनको नाममा आरोहणका कयौं विश्व कीर्तिमान् छन् । उनले सगरमाथा देखि लोत्से आरोहण जम्मा दश घण्टा १५ मिनेटमै सम्पन्न गरे जुन यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु ९जो ८ हजार मिटर भन्दा अग्ला छन्० चढे । १७ दिनमा सगरमाथा दुई पटक, लोत्से र मकालु एक एकपटक चढ्ने उनी पहिलो व्यक्ति हुन् ।

मेरो लक्ष्य पुरा भएमा नेपालीको शीर उच्च हुन्छ,‘कसैले तोड्न नसक्ने गरी किर्तिमान् राख्ने गरी मेहनत गदैंछु’ निर्मल पूर्जाले लन्डन नेपाल न्युज संग को टेलिफोन कुराकानी गर्दै आरोहणको तयारीमा जुटेको बताए । लन्डन नेपाल न्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार