नेपाल महिला संघ म्याग्दीद्धारा सरकार विरुद्ध विरोध प्रदर्शन

सुस्मा सेन्चुरी
म्याग्दी, शनिवार माघ २६ गते ।
नेपाल महिला संघ म्याग्दीले सरकार विरुध प्रदर्शन गरेको छ । नेपाल महिला संघको आयोजनामा देशभर सरकार विरुद्ध कम्युनिष्ट सरकारको चमत्कार, मंहगी, बलात्कार र भष्टाचार शैलीका विरुद्ध दबाव मुलक कार्यक्रमको आयोजना गरेको हो । नेपाली काँग्रेसको पार्टी कार्यलय अगाडी एक कार्यक्रमको आयोजना गरि विरुद्ध पदर्शन गरेको हो ।


कार्यक्रमा बाल्दै नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले अहिले सम्म निर्मला पन्तको बालात्कारीलाई पत्ता लगाउन नसक्ने सरकारले महिलाको सुरक्षा गर्न नसक्ने भन्दै बलात्कारका घटना बड्दै गएको र सरकार मौन बसेको आरोप लगाउनुभयो। उहाँले निर्मलाको न्यायका लागी मात्र नभई समग्र देशका महिलाहरुको सुरक्षाको लागी विरुद्ध कार्यक्रम आयोजना गरेको बताउनुभयो ।


सघकी सचिव सृजना श्रेष्ठले देशमा भण्टचार र मंहगी बड्दै गएको र जनाताले दुख पाएको बताउदै दुई तिहाइको सरकारले जनताको कुनै भलो हुने काम नगरेको बताउनुभयो । कार्यक्रममा रघुगंगा गाउँपालिकाको उपाध्यक्ष कमला तिलिजा, अन्नपूर्ण उपाध्यक्ष केशमाया मगर लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार