जिप दुर्घटना अपडेट : घाईतेहरुकाे नामावली विवरण

बेनी आईतवार माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ ।
बेनी देखि राखु जाँदै गर्दा गदेश्वर पारी रघुगंगा गाउँपालिका ३ पिप्लेको उकाली सडमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

जिप सडकदेखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार ओभरलोड भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घाईते हुनेहरुमा रघुगगा गाउँपालिका–३ की काली दमीनी, ५६ बर्षका कर्न बहादुर काकी, ४१ बर्षे सजिन मल्ल, बेनपा ८ की ३५ बर्षे दुर्गा पौडल, ७५ बर्षे गोबिन्द शर्मा, सरोज बरुवाल, आरोषी घर्ति, दिल बहादुर सार्की, सम्झना भण्डारी, सिर्जना जिसी र असन्न जिसी घाइते भएका छन् । जिप चालक गोपी परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेहरु मध्ये भर्गवती काली दमीनीलाई रघुगंगा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीको पहलमा हेली मार्फत पोखरा लैजाने तयारी भएको छ ।
ऋझै थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार