पत्रकार गौतमलाई केडी वर्ष पत्रकारिता पुरस्कार

के।डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएका पत्रकार सन्तोष गौतम

बेनी शनिबार फागुन ११ गते। म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेज प्रालीको तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतम ११ हजार १११ रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

केडि कटेज प्रालिको तेस्रो वार्षिक उत्सवको अवसरमा सम्मानित नागरिक कर्मि हरिकृष्ण गौतम


मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष धनबहादुर खाती, कटेजका सञ्चालक अशोक शर्मा लगायतले पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

लामो समयदेखी म्याग्दीमा क्रियाशिल पत्रकारितामा आवद्ध गौतम रासस ,टेलिभिजन ,पत्रिका ,एफएम तथा विभिन्न सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

कृषिमा आधारित पर्यटन र होटल ब्यवसाय गर्ने उद्देश्यले तीन वर्षअघि स्थापीत उक्त कटेजले प्रत्येक वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरील्ला, धौलागिरि चक्रीय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालन गरिएको छ ।

उक्त कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुबिधा रहेको छ ।

यसअघि बाह् जना क्षमत्ताको होमस्टे सञ्चालन गरेको कटेजले यस वर्षदेखि सभाहल र सुबिधायुक्त कोठा सहितको डाइनिङ हल बनाएको छ ।

पुरस्कार वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष रोकाले स्थानीय कृषि उपजको खपत, बजारीकरण, रोजगारी सिर्जना र ग्रामिण पर्यटन प्रर्वद्धन गर्न कटेजले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

सोही अवसरमा हाल अस्टे«लियामा रहेका अन्नपूर्ण पोष्ट्का पूर्व म्याग्दी सम्बाददाता गोपाल छन्त्याललाई कदरपत्र र नागरिक दैनिक कर्मि हरिकृष्ण गौतमलाई प्रशंसापत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो । उक्त पुरस्कार गत वर्ष कान्तिपुर दैनिकका घनश्याम खड्कालाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार