![](https://myagdinews.com/wp-content/uploads/2019/03/DSC_0009-1.jpg)
साधन राम्जाली
बेनी आइतबार फागुन २६ गते ।
नेपाली कांंग्रेसको केन्द्र स्तरमा हिन्दु राज्यको मागले चर्चा पाइरहेको बेला नेपाली कांग्रेस सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भने हिन्दु राज्य मान्न नसकिने बताउनुभएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/DSC_0009-1-1024x683.jpg)
नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति एवम् पुर्व प्रधानमन्त्री देउवाले नेपाल बहुधार्मिक मुलुक भएकाले एकल हिन्दु राज्य हुन नसक्ने बताउनुभएको छ । नेपालका केहि बढी नागरिक हिन्दु रहेको बताउँदै उहाँले देशमा अन्य नागरिकहरुले पनि विभिन्न धर्म मान्ने भएकाले नेपाललाई हिन्दु राज्य घोषणा गर्न सम्भवन नहुने बताउनभुयो ।
‘नेपालमा हिन्दु बाहेक अन्य विभिन्न धर्महरु पनि छन्, राज्यको नजरमा ति सबै धर्म समान हुन् ,त्यसैले एउता धर्मलाई काखि च्यापेर अन्य धर्मलाई अपमान गर्न मिल्दैन् ’उहाँले भन्नुभयो ।‘
पार्टी भित्र उठेको हिन्दु राज्यको माग पार्टीको आधिकारिक एजेन्डा होइन् कांगे्रसले सबै धर्मलाई समान रुपमा सम्मान गर्छ ।’
उहाँले सरकार र सिके राउत समुह विच भएको अधुरो र अस्पष्ट समहतिले देश भविश्यमा गम्भिर दुर्घटनामा फस्ने संकेत गरेको बताउँदै त्यसको सबै जिम्मेवारी नेकपा सरकारले लिनुपर्ने उहाँको भनाई छ ।
पार्टीको विधान अनुसार नै आफु चलेको बताउँदै उहाँले पार्टीमा आन्तरिक प्रतिस्पर्धाको लागि सबैलाई खुला रहेको समेत बताउनुभयो । पार्टीमा चुनाब लड्न सबैलाई अधिकार खुल्ला भएको बताउँदै पार्टी्भित्रको एकता कायम गर्न आफु प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
नेविसंघ भित्रको उमेरहद र निर्वाचनको विवाद संगठनभित्रको आन्तरिक विवाद रहेको बताउँदै उहाँले विद्यान अनुसार नै संघलाई अघि बढाईने बताउनुभयो । वाईडबडी भष्ट्राचारमा तत्कालिन सरकारको नेतृत्व आफुले गरेको भएपनि मन्त्रालय आफुसंग नजोडिएकाले आफुलाई केही जानकारी नभएको प्रतिकृया दिनुभयो ।
सभापति एवम् पुर्व प्रधानमन्त्री दउवाको प्रमुख आतिथ्यता ,युनियनका सभापती राकेश शर्माको अध्यक्षता, कोषाध्यक्ष सुरेन गुरुङको स्वागत र सचिब साधन राम्जालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।