पौडी खेल्दा वेपत्ता बालकको शब फेला

बेनी शनिबार चैत्र २ गतेे । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक बालकको चार दिनपछि सव फेला परेको छ । गत बुधवार म्याग्दी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका १५ वर्षका हेमचन्द्र गर्बुजाको शनिवार सब फेला परेको हो ।

स्थानीय बौद्ध युवा क्लबका युवाहरुको सक्रियतामा स्थानीय, प्रहरी लगायतको समन्वयमा नदीमा खोजी गर्दा गर्वुजाको सब फेला परेको हो । शसस्त्र प्रहरीको गोताखोर टोलीले नदीभित्रै पसेर घटनास्थलमा खोजेपनि सो स्थानमा सब नभएको निष्कर्ष निकालेको थियो ।

मंगलाघाटको प्रहरी बिट नजिकै म्याग्दी नदीमा गर्बुजाको शव भेटिएको हो । मंगलाघाटको वौद्ध युवा कल्व र स्थानीयबासीहरुको पहलमा शव भेटाएर प्रहरी मार्फत आफन्तलाई जिम्मा लगाएको बेनी सामुदायिक माविका शिक्षक सचिन शाक्यले जानकारी दिनुभयो । नेपाली सेना र प्रहरीका साथै बिहीबार शसस्त्र प्रहरीको तालिमप्राप्त गोटाखोरको टोली ल्याएर खोजी गरिएपनि गर्बुजाको शव भेटिएको थिएन् । क्लवका अध्यक्ष विजय किसानको नेतृत्वमा शुक्रबार र शनिबार डुवेको भनिएको क्षेत्रमा डोजर परिचालन गरेर खोजी गरिएको थियो ।

नदी भित्र हिलोमा गाडीएको अवस्थामा शव भेटाएको खोजीमा संलग्न अस्लिम खानले बताउनुभयो । प्रत्येक्ष दर्शीहरुको भनाईको आधारमा शनिवार विहानैबाट खोजी कार्य गर्दा दिउँसो ढुंगामा च्यापिएको अबस्थामा युवाहरुले सब फेला पारेपछि स्काभेटरको प्रयोग गरि सबलाई बाहिर निकालिएको थियो । गर्वुजाको सबलाई शनिवार नै सब परिक्षण गरि आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

शव खोजीमा सहयोग गर्ने र गोटाखोर टोलीले भेटाउन नसकेको शव भेटाएको भन्दै गर्बुजाका आफन्तले क्लवलाई २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गर्बुजासँगै पौडी खेल्दा डुवेका बेनपा ७ महारानीथानका १६ वर्षीय निलप्रसाद छन्त्याललाई उद्धार गरेर प्राथमिक उपचार पछि आफन्तको जिम्मा लगाएको थियो । गर्बुजा र छन्त्याल बेनी सामुदायिक माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार