रुममा व्यवसायिक सतुवा खेती सम्वन्धी तालिम सुरु

बेनी शुक्रबार चैत्र ८ गते । जिल्लाको मालिका गाउँपालिका –२ रुममा व्यवसायिक सतुवा खेती सम्बन्धी तालिम सुरु भएको । गाउँपालिकाको आयोजनामा बिहिबारदेखी रुममा सुरु भएको तालिम तीन दिन सम्म संचालन हुने वडा अध्यक्ष नर बहादुर पुन मगरले जानकारी दिनुभयो ।

स्थानिय किसानहरुलाई व्यवसायिक सतुवा खेती मार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्य सहित तालिमको आयोजना गरिएको प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । उहाँका अनुसार व्यक्तीगत रुपमा व्यवसायिक सतुवा खेती गर्न चाहने किसानहरुलाई बेर्ना उत्पादन गरि गाउँपालिकाले निशुल्क प्रदान गर्नेछ ।

तालिममा सहभागि किसानहरुलाई डिभिजन बन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमनि सापकोटाले सतुवाको खेती ,प्रजाति र फाइदाका बारेमा जानकारी गराउनुयभएको थियो ।
उपाध्यक्ष विटालुको प्रमुख आतिथ्यता , वडाध्यक्ष पुन मगरको अध्यक्षता ,भेटेनरी प्राविधिक खगेन्द्र विकको स्वागत मन्तव्य र वडा सचिव रुद्र बिकको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो । शनिबार सम्म तीन संचालन हुने तालिममा २५ जना किसानहरु सहभागि भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार