युकेमा विविध कार्यक्रम सहित ‘मोना शुभकामना साँझ २०७६’ हुने

युके ,बुधबार चेत्र १३ गते ।
संयुक्त अधिराज्य बेलायत (युके)मा नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना साँझ–२०७६ हुने भएको छ । म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अर्थात म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी बैशाख १४ (अप्रील २७Þ)गते विविध कार्यक्रम सहित सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

गत बर्षझैं यो बर्ष पनि शुभकामना साँझमा म्याग्देली चर्चित लोकदोहोरी गायक कुमार पुन ,चर्चित लोकदोहोरी गायिका कुमारी चेपाङ,चििर्चत पप गायिका निखिता थापा मगर र स्पेनबाट आउने चर्चित लोकदोहोरी गायिका अनुषा थापाको विशेष सांगेतिक प्रस्तुती रहने मिडिया सचिव मन्दिप जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सभ्य एवम् भव्य रुपमा सफल बनाउन आन्तरिक तथा बाह्य तयारीलाई तिब्रता दिइएको छ । साथै धौलागिरी नौमती बाजा र सोरठी नाँचहरु र स्थानिय कलाकारहरुको प्रस्तुतिहरु पनि रहने मिडिया सचिव जुग्जालीले जानकारी दिनुभयो ।

युकेमा कार्यरत म्याग्देली तथा गैर म्यागदेलीहरु विचमा एकता र भाईचाराको विकासका लागि कार्यक्रमको आयोजना गर्न लागिएको मोना युकेका अध्यक्ष दल जुग्जाली मगरले बताउनुभयो ।

अध्यक्ष जुग्जाली मगरले मोना युकेले जिल्लाको सामाजिक ,आर्थिक ,मानविय सेवा लगायत विभिन्न विकासका पुर्वाधार निर्माणमा महत्वपुर्ण योगदान पु¥याउदै आइरहेको बताउनुहुँदै कार्यक्रमले मोना युकेलाई अगाडी बढ्न थप सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार