नेकपाको धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा सुवेदी

बेनी आईतबार चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धौलागिरि गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा खुमनाथ सुवेदी चयन हुनुभएको छ । शानिवार धौलागिरि गाउँपालिका ७ धारापानीमा भएको कार्यकर्ता भेलाले सुवेदीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिकास्तरीय पार्टी कमिटी सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले सचिवमा देउप्रसाद छन्त्याललाई चयन गरेको छ ।

सु्वेदी तत्कालिन माओवादी केन्द्रका पुराना नेता हुनुहुन्छ भने छन्त्याल नेकपा एमालेको जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो । भेलाले गाउँपालिकाका सातै वडामा कमिटी गठन गरेको सचिव देउप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक नम्बर वडा गुर्जामा सिता कुमारी छन्त्यालको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको सचिवमा हेमप्रसाद छन्त्याललाई चयन गरिएको छ । त्यस्तै २ नम्बर वडा लुलाङको अध्यक्षमा मोती प्रसाद पाइजा,सचिव बलबहादुर विक सहित १३ सदस्यी कमिटी गठन गरिएको छ ।

यसै गरी भेलाले ३ नम्बर वडा मुनामा रेशम पुन अध्यक्ष र सचिव पुर्म पुन रहेको २९ सदस्यीय,४ मुदीमा केशरमान पुन अध्यक्ष र चन्द्र हमाल सचिव रहेको १५ सदस्यी वडा कमिटी गठन भएको गाउँपलिका कमिटी सचिव छन्त्यालले जानकारी दिनुभयो ।

यसै गरी ५ नम्बर वडा मल्कबाङमा खिर बहादुर छन्त्याल अध्यक्ष र धनप्रसाद छन्त्याल सचिव रहेको १५ सदस्यी वडा कमिटी गठन गरिएको छ ।

६ नम्बर वडा मराङको अध्यक्षमा ज्ञान बहादुर रोका अध्यक्ष र किरण बहादुर लामगाडे सचिव रहेको २१ सदस्यीय, र ७ नम्बर वडा ताकममा प्रगति कार्की अध्यक्ष र रामबहादुर खत्री सचिव रहेको २९ सदस्यीय वडा कमिटी चयन भएको गाउँपालिका कमिटी सचिव छन्त्यालले जानकारी दिनुभयो ।

यस अघि जिल्ला संयन्त्रको वैठकले धौलागिरि र बेनी नगरपालिकामा तत्कालिन माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको थियो ।

बेनी नगरपालिका ,मालिका र मंगलामा पार्टी एकता टुंगिसकेको छ । भने अन्नपूर्णमा पार्टी एकतालाई टुंगाउनका लागि आइतवार भेला ढाकिएको छ ।

रघुगंगामा भने सोमबार भेलाको आयोजना गरिएको जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय तहमा एकताालाई चाँढो टुंगाई पार्टीलाई गतिशिल बनाउन नेकपा यतिखेर एकतालाई पूर्णता दिन जुटेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार