धवलागिरी उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा

बेनी आईतबार चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ ।

सदस्यहरुमा नरेश पोडेल, जितबहादुर घर्ती, सरस्वती पौडेल, लालबहादुर सुनार, वुद्धीबहादुर थापा, रिमप्रकाश थापा र कृष्णमाया रोका रहनुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता र संघका महासचिव लीलाराम गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमको प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले समापन गर्नुभएको थियो ।

भेलामा धवलागिरी गाउँपालिकाका वडा अध्यक्षहरु झकबहादुर छन्त्याल, पुर्म पुन, कलानिधी शर्मा, घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका प्रमुख सरिता गौतम लगायतको उपस्थिती रहेको थियो ।उद्योग वाणिज्य संघले यसअघि मालिका, मंगला र अन्नपूर्णमा पालिका स्तरीय इकाई समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार