बेहुली लिएर फर्केको बस दुर्घटना, एक जनाको मृत्यु, ८ जना घाईते

अर्जुन कार्की
बागलुङ, आइतबार बैशाख ८ गते ।
बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कदेखि बेहुली लिएर घर फर्किदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठ जना घाईते भएका छन् ।

माझखर्कदेखि काठेखोला गाउँपालिका–८ लेखानी फर्कदै गरेको ध १ ख ४६८ नम्बर बस काठेखोला गाउँपालिका–५ बिहुँ घोडाबोधेमा दुर्घटन हुँदा लेखानीका ६३ वर्षिय गंगा सूनारको मृत्यु भएको हो ।

दुर्घटनामा परी १४ वर्षिय आरती सुनार, १५ वर्षिय ज्योति सुनार, ६३ वर्षिय चन्द्र बहादुर सुनार, १२ वर्षिय सफलता वि।क।, १७ वर्षिय संगीता वि।क।, ३१ वर्षिय हेमन सुनार, १७ वर्षिय सोनिया वि।क। र २२ वर्षिय विन्दु सुनार घाईते भएका छन् ।

घाईते मध्ये संगीता विकलाई गम्भिर चोक लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । घाईते सबैको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार भैरहेको छ । बसमा सवारी अन्य जन्तीलाई सामान्य चोट लागेको थियो । बस चालक महाशिला गाउँपालिका–२ पर्वतका ३५ वर्षिय खिम पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तिव्र गतिकै कारण दुर्घटना भएको बसमा सवार लेखानीका टममाया सुनारले बताउनुभयो । ‘बस तिव्र गतिमा थियो सुनारले भन्नुभयो– सजिलै ठाउँमा एक्कासी बाटो मुनी पुग्यो ।’ दुर्घटनाको अवस्थामा सिमसिम पानी पर्नु बारेक अन्य कुनै अवरोध नभएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार