पुर्णगाउँमा होमस्टे तालिम सुरु

साधन राम्जाली
बेनी ,शनिबार बैशाख २८ गते ।

म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा उद्यमशिलता विकास एवम् होमस्टे तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबार देखी पुर्णगाउँमा १० दिने तालिम सुरु भएको हो ।

जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी सहभागि भएका छन् । तालिममा प्रशिक्षक भुपेन्द्र कार्की र सौरब सापकोटाले प्रशिक्षण दिनुभएको छ ।


कार्यक्रमको उद्घाटन गर्नुहुँदै तालिमको समन्वय उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवालले होमस्टेले स्थानियलाई रोजगारी सिर्जना हुनुका साथै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँले होमस्टे संचालनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष कटुवालले आर्थिक रुपमा आत्मनिर्भर बन्न उद्यमशिलता मैत्रि बन्नुपर्नेमा जोड दिनुभयो ।

आयोजक मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले स्थानिय पर्यटकिय स्थल तोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई लक्ष्यित तथा होमस्टे मार्फत स्थानिय बासिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

म्याग्दीको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित तोड्के र झाक्रिपानी मंगला गाउृँपालिका रहेकाले होमस्टे संचालनमा सहज हुने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले पुर्ण गाउँ र झाक्रिपानीमा होमस्टे संचालनका लागि २० लाख रुपैयाँ बजेट अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य दिलकुमारी केसी,कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत सरिता गौतम , प्रशिक्षक कार्की र स्थानिय दुर्गादत्त आचार्यले मनतव्य व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष केसीको अध्यक्ष्यता ,उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कटुवालको प्रमुख आतिथ्यता,धौलागिरी पर्यटन परिषदका अध्यक्ष अमर बानियाँको स्वागत र उद्योग वाणिज्य संघका सचिव सुवर्ण रिजालको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार