देविस्थानमा होमस्टे तालिम सम्पन्न

बेनी सोमबार जेठ ६ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा होमस्टे (घरवास) तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा संचालित एक हप्ते तालिम आइतबार सम्पन्न भएको हो । आईतबार सम्म संचालन भएको तालिममा २६ जना प्रशिक्षार्थि सहभागि भएका थिए । तालिममा प्रशिक्षक घनश्याम गिरीले प्रशिक्षणा दिनुभएको थियो ।

तालिमको समापन गर्दै गाउँपालिकाका सहायक प्र्रशासकीय अधिकृत सोमबहादुर केसीले होमस्टेले स्थानियलाई रोजगारी सिर्जना हुनुका साथै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँले होमस्टे संचालनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो । केसीले स्थानियलाई आर्थिक रुपमा आत्मनिर्भर बन्न स्थानिय स्रोत साधनको परिचालन तथा उपयोग गरि उद्यमशिलता मैत्रि बन्नुपर्नेमा जोड दिनुभयो ।

आयोजक वडा अध्यक्ष पिपला बुढाले स्थानिय पर्यटकिय स्थलमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई लक्ष्यित तथा होमस्टे मार्फत स्थानिय बासिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेश सरकारले गाई खर्क होमस्टे मगरदाङ र देविस्थान होमस्टे पुनथोक संचालनका लागि १० लाख रुपैयाँको दरले दुई होमस्टेलाई २० लाख रुपैयाँ बजेट अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो ।


वडा अध्यक्ष बुढाको अध्यक्ष्यता ,राजमति पुन बुढाको स्वागत र उमा पुन मगरको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार