राष्ट्रिय मगर संघ म्याग्दीको अध्यक्षमा पुन

बेनी,आइतबार जेठ २६ गते । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशन समापन भएको छ । आइतबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट हिरा बहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो ।

अध्यक्ष पुन मगर संगै जिल्ला कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर पुर्जा,सचिवमा तुलसी पुर्जा,कोषाध्यक्षमा ललित तिलिजा सहसचिवमा प्रिती गर्बुजा लगायतको २१ सदस्यीय कार्यसमिती गठन भएको निर्वाचन आयुत्त नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष सदस्य ,नेपाल तरुणदल म्याग्दीका कोषाध्यक्ष ,नेपाल मगर संघ बेनपा ८ वडा इकाई अध्यक्ष ,बेनपा ८ का सदस्य ,विभिन्न विद्यालय तथा विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।


निर्वाचित अध्यक्ष पुन मगरले मगर समुदायको लोपोन्मुख कला ,संस्कृती तथा भाषाको पहिचान संरक्षण र प्रवद्र्धनमा जोड दिने बताउनुभयो । साथै पार्टीलाई बलियो बनाउन जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बीरले निर्वाचित कार्यसमितीलाई बधाई दिनुहुँदै राजनितीक रुपमा एक ढिक्का भई मगर समुदायको हक अधिकार र पहिचान संरक्षण एवम् प्रवद्र्धनका लागि शसक्त रुपमा लाग्न आग्रह गर्नुभयो ।

साथै उहाँले म्याग्दी लगायत देशैभरी मगरको जनसंख्या तेस्रो स्थानमा भएपनि राज्यको प्रतिनिधित्व क्षेत्रमा भने न्युन रहेको बताउनुभयो । सभापती गर्बुजा मगरले मगर समुदायको लोपोन्मुख कला ,संस्कृती,भाषाको पहिचान उत्थान,संरक्षण तथा प्रवद्र्धनका लागि संधै साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मगर संघका केन्द्रीय अध्यक्ष ओम बहादुर थापा मगर,राष्ट्रिय मगर संघ चार नं प्रदेश सदस्य एवम् अधिवेशन संयोजक बोम बहादुर पुन मगरले मगर समुदायको हक अधिकार र पहिचान प्राप्तीका लागि तथा एक ढिक्का बनाई अगाडी बढाउन राष्ट्रिय मगर संघ स्थापना भएको बताउनुभयो ।

कार्यक्रममा अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुन मगरले शुभकामना व्यक्त गर्नुभयो । उहाँले मगर समुदाय लगायत सबै जातीको लोपोन्मुख भाषा कला संस्कृतीको पहिचान संरक्षण एवम् प्रवद्र्धनमा गाउँपालिकाले विशेष जोड दिएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य छन्दबहादुर पराई मगर र लालबहादुर पुन मगरले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार