म्याग्दीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार बिरुद्धको दिवस मनाईयो

बेनी,शनिबार जेठ ३२ गते । बेनीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार विरुद्धको दिवस मनाइएको छ । १४ औं विश्व चेतना दिवसको अवसरमा बेनी नगरपालिकाको आर्थिक सहयोग तथा श्री कृष्णागण्डक्री जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीको आयोजनामा पहिलो पटक शनिबार सो दिवस मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनपा मेयर हरिकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुलाई दिवसको शुभकामना दिंदै बृद्धबृद्धा अर्थात जेष्ठ नागरिक जिउँदा देवी देवता भएको बताउनुभयो । उहाँले जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहारले परिवार,समाज,देशको सुखी –शान्ती पुर्वक र समृद्ध नहुने भएकाले उनिहरुलाई सेवा सुश्रुषा र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।


शारिरीक ,मानसिक रुपमा मात्र नभई विकास बादमा आधारित मनोविज्ञानमा पनि ६० बर्ष भन्दा बढी उमेर समुहका मानिस जेष्ठ नागरिक भएकोले उनिहरुलाई शारिरीक ,मानसिक रुपमा मात्र नभई सार्वजनिक सेवा सुविधामा पनि सम्मान पुर्वक प्राथमिकता दिइनुपर्ने मेयर श्रेष्ठको भनाई छ ।

मेयर श्रेष्ठले पछिल्लो समय सन्तानले अभिभावकलाई बोझको रुपमा सम्झने र उनिहरुलाई दुव्र्यबहार गर्नुका साथै विभिन्न बाहनामा बृद्धा आश्रम पठाउने प्रवृती बढेकाले यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले हरेक हरेक विकास निर्माण गर्दा जेष्ठ नागरिक मैत्रि पुर्वाधार निर्माणलाई जोड दिएको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।


कार्यक्रममा श्री कृष्णागण्डक्री जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले बृद्धबृद्धा अर्थात जेष्ठ नागरिकको हकहित र अधिकारका लागि संस्था स्थापना भएको बताउनुभयो । उहाँले हरेक सन्तानले घर परिवार ,समाजमा जेष्ठ नागरिकहरुलाई मानसिक ,शारिरीक तथा आर्थिक रुपमा सम्मान पुर्वक जिउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुले आफुहरु बस्ने वाताबरण,सन्तानले आफुहरु प्रति गर्ने व्यबहारको बारेमा जानकारी गराएका थिए । उपाध्यक्ष नैनकुमार श्रेष्ठको स्वागत मन्तव्य र सचिव पुर्ण बहादुर जिसीको संचालनमा कार्यक्रम समापन भएको कार्यक्रममा अधिवत्ता एवम् नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार