![](https://myagdinews.com/wp-content/uploads/2019/06/64695536_563315530864640_9122762604039634944_n.jpg)
बेनी,बुधबार असार ४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ वडाका ४२ विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/64695536_563315530864640_9122762604039634944_n.jpg)
प्रति परिवार ३ हजार ५सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।उनिहरुले एक वर्ष सम्म सूचिकृत स्वास्थ्य संस्थाबाट एक लाख रुपैयाँ सम्मको औषधी उपचार सेवा प्राप्त गर्नेछन् ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/64930386_563315714197955_7203299426914271232_n.jpg)
विपन्न समुदायको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउन बिमा गरिएको हो । म्याग्दीमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र बेनी अस्पताल स्वास्थ्य बिमा गरेका नागरिकको उपचारका लागि प्रारम्भिक स्वास्थ्य संस्था तोकिएको छ ।