म्याग्दीमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम

बेनी शुक्रबार असार ६ गते । म्याग्दीमा आपतकालिन अवस्थामा जिवन बचाउने उपायको बारेमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आपतकालिन ५ अवस्थामा जिवन बचाउने उपायका बारेमा जानकारी गराउने उद्देश्यले ११ वटै जिल्लाका सबै स्थानीय तहमा पुगेर कार्यक्रम सञ्चालन गरेको हो ।

म्याग्दीको बेनी नगरपालिका, मंगला र मालिकामा गरिएको कार्यक्रम धवलागिरी, रघुगंगा र अन्नपूर्णमा पनि सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक डाक्टर लक्ष्मि पन्थीले बताउनुभयो । तीन वटा पालिकाका ८, ९ र १० कक्षाका ६८९ जना शिक्षक तथा विद्यार्थी लाभान्वित भएका छन् ।

हृदयघात, अतिरक्तश्राव, बेहोस हुनु, खाना अथवा बाह्य बस्तु घाँटीमा सर्र्कीएको र संघात (शरिरको मुटु तथा अन्य प्रणालीले रक्तसञ्चार गर्न नसकेको अवस्था) र सिपिआर कार्डियो पल्मनरी रिसक्डीटेशनको अवस्थामा प्राथमिक उपचार गर्ने विषयमा विद्यार्थीहरुलाई प्राबिधिक ज्ञान सिप प्रदान गरिएको हो ।

सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयसंग समन्वय गरेर नवलपुरमा डाक्टर यमडी अन्सारी, पर्वतमा डाक्टर जिवन थनेत र स्याङमा डाक्टर मोनी सुवेदीले सहजिकरण गर्नुभएको छ । गण्डकी प्रदेशले आपतकालिन अवस्थामा प्राथमिक उपचार र उद्दारका विषयमा चिकित्सकहरुबाट तालिम दिने अभियान सञ्चालन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार