देविस्थानको भिम माविमा छात्रवृत्ति वितरण

यामनाथ पौडेल/ देविस्थान ,शनिबार असार ७ गते । मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । स्वर्गीय चक्रप्रसाद गौचनको स्मृतिमा उनका छोराहरु निलप्रसाद, खगेन्द्र र फर्मेन्द्र गौचनले स्थापना गरिएको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट विद्यालयका गरिब तथा जेहेन्दार १२ जना विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको हो ।

सो कार्यक्रमको अवसरमा शैक्षिक सत्र २०७५ मा प्रत्येक कक्षाबाट प्रथम, दितीय र तृतीय, ९३५ सहित उत्कृष्ट अंक ल्याउने कक्षा ८ की छात्रा देविना सिउथानी, अनुशाशित छात्रछात्रा, नियमित हाजिरी र सरसफाइ पुरुस्कार समेत प्रदान गरिएको थियो । साथै भिम माध्यमिक विद्यालय खेलकुद प्रतिभा पुरस्कार ९२०७५ छात्रा अन्तर्गत सुस्मिता घर्ती र छात्र अन्तरगत पिमराज भण्डारीलाई नगद दुई हजार सहित पुरस्कार प्रदान गरिएको थियो । सुस्मिता घर्ती मगर मालिका गाउँपालिका स्तरीय प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४ स्वर्ण जित्ने एक्लि खेलाडी हुन ।

साथै नवअगन्तुक विद्यार्थीलाइ स्वागत तथा खुला विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ । विद्यालयलाई विभिन्न शिर्षकमा उपलब्ध छात्रवृत्तिमा ४२ जना आधारभूत तह १–८ दलित छात्रवृत्तिमा कुल १६ हजार आठ सय, आधारभूत तह १–८ छात्रा छात्रवृत्तिमा ४८ जनालाई कुल १९ हजार २०० र माध्यमिक दलित छात्रवृत्ति छ जनालाई तीन हजार गरि जम्मा ३९ हजार रुपैयाँ वितरण गरिएको हो ।

कार्यक्रम शिक्षक अभिभावक संघ अध्यक्ष रेखा पुर्जाको अध्यक्षता, मालिका गाउँपालिका वडा ९५ कि अध्यक्ष पिपला बुढाथोकीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिको सल्लाहकार एवं पुर्व विव्यस अध्यक्ष निनबहादुर पुनको विशेष उपस्थिति, शिक्षक नारायण भट्टराईको स्वागत र शिक्षक यामनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

वडा अध्यक्ष बुढाथोकीले हरेक अविभाबकलाई आफ्नो बालबच्चाको शैक्षिक उपलब्धि बुझ्ने थलो विद्यालय भएकोले विद्यालयमा उपस्थिति भै आफ्नो बालबच्चाको हरेक कुरामा जानकार हुन आवस्यक रहेको बताए । अध्यक्ष बुढाथोकीले शिक्षक, विद्यालय र अभिभावकको त्रीकोणात्मक सम्बन्ध बाट मात्र शैक्षिक गुणस्तर सम्भव रहेको बताएका थिए ।

सोहि कार्यक्रममा प्रधानध्यापक डम्बरबहादुर घर्ति मगरले गत शैक्षिक सत्र २०७५को समग्र विद्यालयको उपलब्धि र आगामी योजनाको बारेमा स्पष्ट पारेका थिए । खुला लोकनृत्य प्रतियोगितामा दुई बहिनी निरुता घर्ती र सुसिला घर्ती प्रथम, मोनिका पुन मगर दृतीय र अमृता घर्ती तृतीय भएका छन् । उनीहरुलाई नगद क्रमश एक हजार ५००, एक हजार र पाँच सय रुपैयाँ सहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार