![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_0915.jpg)
बेनी,सोमबार असार १६ गते ।म्याग्दी कबिताको अदालतमा कबिकार मनुमञ्जिलको एकल कविता वाचन हुने भएको छ । चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दी ,प्रगतिशिल लेखक संघ म्याग्दीको आयोजना सो कार्यक्रम हुने भएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_0915-1024x683.jpg)
धौलागिरीमा पहिलो पटक आयोजना हुन लागेको एकल कबिता बाचन आगामी असार २८ गते बेनी बजार स्थित मगर संघको सभाहलमा हुने सोमबार पत्रकार सम्मेलन मार्फत आयोजक सुर्यचन्द्र साहित्य सञ्चार म्याग्दीका सचिव एवम् प्रचार प्रसार संयोजक समिर रोका मगरले जानकारी दिनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/07/IMG_0914-1024x683.jpg)
उहाँका अनुसार कार्यक्रम साविक धौलागिरी अञ्चलमा पहिलो पटक बेनीमा आयोजना गर्नु लागिएको हो । कार्यक्रममा मनुमञ्जिलका चर्चित कबिताहरु प्रस्तुती रहने आयोजक कार्यक्रम संयोजक दर्पण रोका मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा ६० देखी ७० हजार रुपैयाँ बराबरको खर्च हुने अनुमान गएिको कार्यक्रम संयोजक रोका मगरले जानकारी दिनुभयो । कार्यक्रमलाई सभ्य रुपमा सफल बनाउन आन्तरिक तथा बाह्य तयारीलाई तिब्रता दिइएको आयोजकले जनाएको छ ।