स्वास्थ्य कार्यालय प्रमुख आचार्य सहित ४ कर्मचारी अख्तियारको फन्दामा (भिडियो सहित )

म्याग्दी,आइतबार साउन १२गते । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् ।

उनीहरुले कार्यलयबाट सञ्चालित कार्यक्रमको पेश्की फस्र्यौट गरिदिने भन्दै आफ्नै कर्मचारीसँग १ लाख ३० हजार रुपैयाँ घुस मागेका थिए । सोही उजुरीका आधारमा अख्तियार कार्यालय पोखराको टोलिले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।

‘कार्यालयका कर्मचारीसँग घुस मागेको सूचना आयो । अख्तियारले अनुसन्धान गर्दै जाँदा सवारी चालकमार्फत घुस बुझ्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो,’ अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले भने ।

घुस सहित नियन्त्रणमा लिईएका स्वास्थ्य कार्यालयका कर्मचारीलाई आईतवार साँझ नै अख्तियारको टोलीले पोखरा लगेको छ । पक्राउ परेका कर्मचारीहरुमाथि थप अनुसंधान अघि बढाईने अख्तियारले जनाएको छ ।

स्वास्थ्यकै एक कर्मचारीले विभिन्न कार्यक्रम सञ्चालनको लागि लगेको पेश्की पछर्यौटमा कार्यालयम प्रमुख आचार्य, जिन्सी शाखाका प्रमुख रहेका अधिकृत रेग्मी र लेखापाल शर्माले घुस पैसा मागेपछि अख्तियारमा उजुरी गरेका थिए । अख्यियारको पोखरा स्थित कार्यालयबाट प्रहरी नायब उपरिक्षकको नेतृत्वमा खटिएको ११ जनाको टोलीले घुस रकम सहित स्वास्थ्यका कर्मचारीलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार