गोगनपानी वस्ती पहिरोको उच्च जोखीममा

म्याग्दी ,आइतबार साउन १२ गते । म्याग्दीको मालिका गाउँपालिका ६ गोगनपानी वस्ती पहिरोको जोखिममा रहेको छ । असार २९ गते राती वस्ती माथीको दिच्याम लामपाटा डाँडाबाट खस्न थालेको पहिरो नरोकिए पछि गोगनपानीका २८ घरधुरी रहेको वस्ती जोखीममा रहेको हो ।


२८ मध्ये सात घर अति उच्च जोखिममा रहेको स्थानीय सिद्ध आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल गुरुङले जानकारी दिनुभयो । भिरालो भुगोल भएकाले पहिरो नरोकिए वस्ती नै बगाउने जोखिम बढेको गुरुङले बताउनुभयो ।


उहाँका अनुसार पुर्ण बहादुर गुरुङ,दिलबहादसर गुरुङ,दल बहादुर गुरुङ,तेजबहादुर गुरुङ,दल बहादुर दलबहादुर जुग्जाली र मनविर जुग्जालीको घर अति उच्च जोखिममा रहेको छ ।


पहिरोको उच्च जोखिममा रहेका वासिन्दाले दिनमा घरको काम गरेर रातमा आफन्तकोमा बस्दै आएको बताए । उच्च जोखिममा रहेका स्थानीय बासिन्दा पुर्ण बहादुर गुरुङले दिनमा घरको काम सकेर रातको समयमा आफन्तकोमा बस्दै आएको बताउनुभयो ।

बर्षातको समयमा वस्ती नै बगाउने जोखिम बढेकाले रातको समयमा नसुत्ने गरेको उहाँँको भनाई छ ।पहिरोले सिद्ध आधारभुत विद्यालय जाने मोटरबाटो पनि अवरुद्ध भएको विव्यस अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले पहिरोको उच्च जोखिममा रहेका वासिन्दालाई सतर्क रहन अनुरोध गर्नुभएको छ । उहाँले व्यवस्थापनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार