समिक्षा गरेर अघि बढ्नुपर्छ : सांसद केसी

म्याग्दी,बुधबार साउन १५ गते । गण्डकी प्रदेशका सांसद बिनोद केसीले सरकारको कामको प्रभावकारिताको मूल्याङ्कन र समिक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसर पारेर नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद केसीले जनताले परिवर्तन र सुधारको अनुभूति हुने गरेर काम गर्नुपर्ने बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम र योजनालाई जनतासमक्ष प्रभावकारी रुपमा पु¥याउने दायीत्व कर्मचारीको भएकाले यसलाई गम्भिरताका साथ लिनुपर्ने सांसद केसीको भनाई थियो ।

नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेलले संघियतालाई सफल बनाउन र सेवा प्रवाहलाई सहज तथा प्रभावकारी बनाएर सुशासन कायम गर्न कर्मचारीहरुबाट राजनीतिज्ञले सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

दिवसको अवसर पारेर बेनी अस्पतालमा उपचाररत २४ जना बिरामीहरुलाई सांसद केसी, अध्यक्ष पौडेल, जिसस प्रमुख देवेन्द्र केसी र दुवै संगठनका पदाधीकारी तथा सदस्यहरुले फलफूल वितरण गर्नुभएको थियो ।

कार्यक्रममा निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य सगुन कसजु र नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष जयराम सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष भोजबहादुर थापाको अध्यक्षता, सचिव सोमबहादुर केसीको संचालन र उपाध्यक्ष चित्रनाथ शर्माको स्वागतमा भएका कार्यक्रममा सेवा निवृत्त कर्मचारी यामबहादुर केसीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार