खवाङमा कुटपिटबाट घाइते दर्जीको ज्यान गयो,तीन जना पक्राउ

बेनी,सोमबार भदौ २३ गते ।
म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको ज्यान गएको छ । कुटपिटबाट घाइते हुनुभएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

फाइल तस्विर

कुटपिटमा संलग्न स्थानीय ओमकार बुढाथोकी ,नविन बुढाथोकी र नेत्र पुनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरु विरुद्ध जिल्ला अदालत म्याग्दीमा आइतबार ज्यान मुद्दा दर्ता गरि अनुसन्धान थालिएको छ । १९ गते राती मदिरा सेवन गरेका बुढाद्धय र पुनले परियारको घरमै आएर कुटपिट गरेका थिए ।

मृतकको दाहिने कोखा र टाउकोको देव्रे भागमा रगत जमेको थियो । परियारलाई २० गते दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले पोखरा स्थित गण्डकी अस्पताल रिफर गरेको थियो । उपचारको क्रममा २१ गते राती परियारको मृत्यु भएको हो । शब परिक्षण पछि सदगद्का लागि सोमबार बिहान दरवाङ लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार