ओखरबोट माविको पर्खाल भत्कियो,पहिरोले विद्यालय नै उच्च जोखिममा

तुल प्रसाद पुन
ओखरबोट ,मंगलबार भदौ २४ गते ।

म्याग्दीको मालिका गाउँपालिका ४ स्थित ओखरबोट माविको पर्खाल भत्किएको छ । मंगलबार दिउसो विद्यालयको भवनको पर्खाल भत्किएको हो । विद्यालय भन्दा तल गएको पहिरोको कारण जमिन भासिँदै गएकाले विद्यालय नै उच्च जोखिममा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

पर्खाल भत्किदा विद्यालय सञ्चालन प्रभावित बनेको विद्यालयका प्रअ नविन कार्कीले बताउनुभयो । विद्यालय सञ्चालनको समयमा भवनको पर्खाल भत्किएको प्रअ कार्कीले बताउनुभयो ।
विद्यालय सञ्चालनको समयमा पर्खाल भत्किँदा विद्यार्थी शिक्षक त्रसित भएका थिए ।

भवन भत्किएपछि कक्षा छ र एकका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउन बाध्य भएको प्रअ कार्कीले बताउनुभयो ।विद्यालय सञ्चालनका लागि पर्खाल मर्मत गर्ने काम सुरु भएको छ । भिरालो जमिन र कमजोर भुगोलका कारण विद्यालय तल पहिरो गएको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार